Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुरमा विद्यार्थी आन्दोलनको ऐतिहासिक महत्वबारे अन्तरक्रिया सम्पन्न

भरतपुरमा विद्यार्थी आन्दोलनको ऐतिहासिक महत्वबारे अन्तरक्रिया सम्पन्न

 भरतपुर : ६२ औँ विद्यार्थी एकता दिवसको अवसरमा अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिको आयोजनामा “विद्यार्थी आन्दोलनको ऐतिहासिक महत्व र अबको कार्यभार” विषयक अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ। जेठ १ गते बिहान ११ बजे एनपिआई ओरालोमा आयोजित उक्त कार्यक्रम अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिका अध्यक्ष सुशील कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि ईश्वर सापकोटा ‘सुमन’ तथा विशेष अतिथि अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय उपाध्यक्ष पवन कार्की रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले नेपाली विद्यार्थी आन्दोलनले देशको राजनीतिक परिवर्तन, सामाजिक न्याय र जनअधिकार स्थापनामा ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै वर्तमान समयमा पनि यसलाई जनपक्षीय मुद्दासँग जोडेर अघि बढाउनुपर्ने बताए ।

त्यसैगरी विशेष अतिथि पवन कार्कीले विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, क्रान्तिकारी योगदान तथा वर्तमान चुनौतीबारे चर्चा गर्दै अबको विद्यार्थी आन्दोलनलाई शिक्षा, रोजगारी तथा व्यवहारिक र वैज्ञानिक शिक्षाको सुनिश्चिततामा केन्द्रित गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा विभिन्न विद्यार्थी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा विद्यार्थी आन्दोलनको ऐतिहासिक महत्व, वर्तमान अवस्था र आगामी कार्यभारबारे विस्तृत छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij