भरतपुर : भरतपुर महानगरपालिका–१० कटहरचोकस्थित ओम शान्ति एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले विद्यार्थी तथा अभिभावकमाझ आफ्नो शैक्षिक उत्कृष्टतालाई पुनः स्थापित गर्न सफल भएको जनाएको छ।
विद्यालयबाट एसईई परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये दुई जनाले ४ जीपीए प्राप्त गरेका छन्। विद्यालयका प्राचार्य टेक बहादुर श्रेष्ठका अनुसार विद्यालयले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजाको निरन्तरता कायम राख्न सफल भएको हो।
विद्यालयले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको साथका कारण यो सफलता हासिल भएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij