Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा युवा सञ्जाल गठन, मिरज ढुंगानाको नेतृत्वमा संगठन निर्माण

चितवनमा युवा सञ्जाल गठन, मिरज ढुंगानाको नेतृत्वमा संगठन निर्माण

चितवन : युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिको आधार निर्माण गर्ने उद्देश्यसहित मिरज ढुंगानाको नेतृत्वमा देशभर युवा सञ्जाल गठन अभियान तीव्र रूपमा अघि बढाइएको छ ।

युवा केन्द्रित यस राजनीतिक अभियानमार्फत देशभरका युवालाई एकीकृत गर्दै जनताको समस्या, सम्भावना र आकांक्षालाई नजिकबाट बुझ्ने तथा त्यसको समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्य राखिएको अभियानका अभियन्ताहरूले बताएका छन् ।

उनीहरूका अनुसार वर्तमान समयको आवश्यकता युवाको ऊर्जा, विचार र नेतृत्वलाई संगठित गरी देश निर्माणमा प्रभावकारी रूपमा उपयोग गर्नु हो । सोही उद्देश्यअनुसार विभिन्न जिल्लामा संगठन विस्तार, संरचना निर्माण तथा जिम्मेवारी बाँडफाँडको काम निरन्तर भइरहेको जनाइएको छ ।

यसै क्रममा चितवनमा पनि अभियानलाई औपचारिक रूपमा विस्तार गरिएको छ । चितवन अध्यायको नेतृत्व बिशु गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ भने विकल घताने र यान्जल थापा मगरलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

अभियानले चितवनसहित देशभर युवालाई संगठित गर्दै वैकल्पिक राजनीतिक चेतना विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij