Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रत्ननगर खानेपानी संस्थामा दीपकराज पौडेल नेतृत्वको नयाँ समिति पदभार ग्रहण

रत्ननगर खानेपानी संस्थामा दीपकराज पौडेल नेतृत्वको नयाँ समिति पदभार ग्रहण

रत्ननगर : रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा दीपकराज पौडेल नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । संस्थाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा निर्वतमान अध्यक्ष माधवप्रसाद अर्यालले सातौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष पौडेललाई पद हस्तान्तरण गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष पौडेल, उपाध्यक्ष रामहरि अधिकारी, सचिव प्रताप डल्लाकोटी, कोषाध्यक्ष विरन्जना सापकोटा घिमिरेलगायत सदस्यहरूले पदभार ग्रहण गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले खानेपानी पूर्वाधार विस्तारसँगै आर्थिक अभावका कारण धारा जडान गर्न नसक्ने समुदायका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरी निःशुल्क धारा जडान गर्ने व्यवस्था मिलाइने बताए । उनले सहलगानी आयोजनालाई पूर्णता दिने, सरसफाइ तथा पानीका स्रोत र मुहान संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

संस्थापक अध्यक्ष नारायण वनले रत्ननगर खानेपानीलाई ठुलो मेहनतले आर्जिएको बहुआयामिक सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण आवश्यक रहेको बताए । निर्वतमान अध्यक्ष अर्यालले रत्ननगर खानेपानी राष्ट्रिय स्तरमै नमुनाको रूपमा स्थापित भएकाले यसको गरिमा जोगाउन नयाँ समितिलाई आग्रह गरे ।

कार्यक्रममा सल्लाहकार समितिका संयोजक भीष्मराज पौडेल, पूर्वअध्यक्ष महेशप्रसाद रौनियार, साविक सौराहा बछौली खानेपानीका अध्यक्ष केदारप्रसाद चापागाईं, निर्वतमान वडा संयोजक एकनारायण पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । सचिव प्रताप डल्लाकोटीले कार्यक्रम सञ्चालन गरेका थिए भने निर्वतमान कोषाध्यक्ष सरस्वती लामाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij