चितवन : राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेसँगै नतिजाप्रति असन्तुष्ट विद्यार्थीलाई पुनर्योग तथा उत्तरपुस्तिका निरीक्षणको सुविधा उपलब्ध गराउने जनाएको छ ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालद्वारा जारी विज्ञप्तिअनुसार परीक्षार्थीले अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्नेछन् । पुनर्योग गर्न इच्छुक विद्यार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको आधिकारिक वेबसाइटमा गएर आवेदन फाराम भर्नुपर्नेछ ।
यस वर्षदेखि विद्यार्थीले पुनर्योगका साथै आफ्नो उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन समेत पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार यस व्यवस्थाले परीक्षाफलप्रति विद्यार्थीको विश्वास अभिवृद्धि गर्नुका साथै मूल्यांकन प्रक्रियालाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।