भरतपुर : चितवनको नारायणी नमुना माध्यमिक विद्यालयले यस वर्षको एसईई नतिजामा उल्लेखनीय सफलता हासिल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको एसईई परीक्षाफलअनुसार विद्यालयका ३७ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
विद्यालयबाट कुल ३८० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार २१६ जनाले ३.६ देखि ४ जिपिए, १०२ जनाले ३.२ देखि ३.६, २१ जनाले २.८ देखि ३.२ तथा ३ जनाले २.४ देखि २.८ जिपिए हासिल गरेका छन् । एक जना विद्यार्थी भने ननग्रेडमा परेका छन् ।
गत वर्ष विद्यालयबाट ७ जना विद्यार्थीले मात्रै ४ जिपिए ल्याएकोमा यस वर्ष उक्त संख्या बढेर ३७ पुगेपछि विद्यालय परिवार उत्साहित बनेको छ । विद्यालयले मेहनती विद्यार्थी, अभिभावक र शिक्षकहरूको सामूहिक प्रयासले उत्कृष्ट नतिजा सम्भव भएको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij