Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

धादिङको बैरेनीमा बस दुर्घटना, १२ जना घाइते

धादिङको बैरेनीमा बस दुर्घटना, १२ जना घाइते


 धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा दुईवटा बस आसपमा ठोक्किँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पोखरा र वीरगञ्जका लागि छ्टेका बस गएराति आपसमा ठोक्किएका हुन् । घाइतेलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो ।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्राम्भिक अनुमान छ । घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट