Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एसईई नतिजा आज सार्वजनिक हुँदै, ९ बजेदेखि हेर्न सकिने

एसईई नतिजा आज सार्वजनिक हुँदै, ९ बजेदेखि हेर्न सकिने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्डले बिहान ८ बजे पत्रकार सम्मेलन गर्ने र ९ बजेपछि नतिजा हेर्न सकिने जनाएको छ।

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पत्रकार सम्मेलनपछि नतिजा सार्वजनिक गर्ने प्रक्रिया पूरा गरिनेछ। यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको हो।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। जसमध्ये ४ लाख ४१ हजार ५६६ जना नियमिततर्फ र ७० हजार ८५५ जना ग्रेड वृद्धितर्फका विद्यार्थी रहेका छन्।

लिङ्गगत विवरण अनुसार २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य परीक्षार्थी सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij