परासी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४, एस मोडमा बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छ्न् ।
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना७ख ५८२० नम्बरको यात्रुवाहक बस शनिबार साँझ अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । बसमा सवार ३१ जनामध्ये १६ जना घाइते भएका हुन्। घाइतेहरूको चिसापानी अस्पताल बर्दघाटमा उपचार भैरहेको छ ।
दुर्घटनामा इजरायलका एक जना नागरिक पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घुमाउरो सडकमा तीव्र गतिले बस हुँकाइएको हुँदा दुर्घटना भएको अनुमान छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij