Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

म्यानपावरले मलेसिया जान २ लाख ७५ हजार मागेपछि...

म्यानपावरले मलेसिया जान २ लाख ७५ हजार मागेपछि...

काठमाडौँ : ललितपुरको जावलाखेलमा रहेको मुन म्यानपाावरमा श्रम मन्त्रालयले छापा मारेको छ। श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि छापा मारिएको हो।

सो क्रममा ४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार नगद फेला परेको छ। मलेसिया जान २ लाख ७५ हजार मागिएपछि छापा मारिएको र अहिलेसम्म नगदको रसिद फेला परेको छैन।


प्रम कार्यालयबाट खबर आएपछि छापा मारिएको यादवले बताए। म्यानपावर सिल गरेर कारबाही अघि बढाइने उनले बताए। कुनै गुनासो भए २४ सै घण्टा मन्त्रीको सचिवालय तत्पर रहने यादवको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट