Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल नियुक्त, फागुनभित्र महाधिवेशन गर्ने जिम्मेवारी

महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल नियुक्त, फागुनभित्र महाधिवेशन गर्ने जिम्मेवारी

चितवन  : नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीनाकुमारी खरेललाई नियुक्त गरेको छ। पार्टी विधानअनुसार म्याद समाप्त भई स्वतः विघटन भएको महिला संघलाई पुनर्गठन गर्दै सभापति गगनकुमार थापाले खरेललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका छन्।

नवनियुक्त अध्यक्ष खरेललाई आगामी फागुन १५ गतेभित्र संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ।

यसका लागि जेठ १५ गतेभित्र समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिइएको छ। साथै, साउन मसान्तभित्र तल्लो तहका सबै समितिहरू पुनर्गठन गरी अधिवेशन आयोजक समिति गठन गर्नुपर्ने कार्यादेशमा उल्लेख गरिएको छ।

त्यस्तै, साउन १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टीसमक्ष पेस गर्न पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij