Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच भेट

मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच भेट

काठमाडौँ  : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छन्।सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार भएको सो भेटमा महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, लैङ्गिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भएको मन्त्रीका स्वकिय सचिव टेकेन्द्र विश्वकर्माले जानकारी दिए।

मन्त्री वादीसँग बुधवार मात्रै नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट