काठमाडौँ : कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका ५ जना भारतीय नागरिकहरूलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बिहीबार ती भारतीय नागरिकहरूको उद्धार गरिएको हो ।
फेवातालमा काठको बोटमा सवार उनीहरू फसेको भन्ने खबर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij