काठमाडौँ : प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन्।संवैधानिक परिषदको आजको बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो।
वरीयतामा क्रमभंग गर्दै नेपालको न्यायिक इतिहासमा रोलक्रमको चौथोमा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा पहिलोपटक सिफारिस भएका हुन्। यसअघि वरिष्ठ न्यायाधीशलाई नै सिफारिस गरिन्थ्यो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरे उनी ३३औँ प्रधानन्यायाधीश बन्ने छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij