Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

“पढ्दै गर्दा भूकम्प आयो… के गर्ने ?” - शान्तिपुरमा सचेतनाको अभ्यास

“पढ्दै गर्दा भूकम्प आयो… के गर्ने ?” - शान्तिपुरमा सचेतनाको अभ्यास

चितवन : विपद् कहिले आउँछ भन्ने पूर्वानुमान गर्न सकिँदैन, तर त्यसबाट जोगिने उपाय भने सिक्न सकिन्छ। यही सन्देशलाई व्यवहारमा उतार्दै नेपाल प्रहरी स्कुल, शान्तिपुर चितवनले शैक्षिक सत्रको सुरुमै विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक अभ्यास सम्पन्न गरेको छ।

भूकम्प, आगलागी, चट्याङ र हावाहुरी जस्ता आकस्मिक घटनामा कसरी सुरक्षित रहने भन्ने विषयमा नमुना अभ्यासमार्फत प्रशिक्षण दिइएको थियो। काल्पनिक भूकम्पको अवस्थालाई प्रस्तुत गर्दै कक्षा कोठामा सुरक्षित बस्ने तरिका, सुरक्षित स्थानमा पुग्ने प्रक्रिया र आपतकालीन अवस्थामा शिक्षक तथा कर्मचारीको भूमिकाबारे व्यावहारिक अभ्यास गराइएको थियो।

अभ्यासका क्रममा घाइतेको उद्धार, प्राथमिक उपचार, खोजतलास तथा अन्य निकायसँग समन्वय गर्ने प्रक्रियामा समेत विद्यार्थीलाई अभ्यस्त बनाइएको थियो। नेपाल प्रहरीका दक्ष प्रशिक्षक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।

विद्यालयका समादेशक प्रनि रोशन थापाका अनुसार यस्तो अभ्यासले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै सम्भावित क्षति न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै, विद्यालयले ‘घर जस्तै सेवा, परिवार जस्तै हेरचाह’ भन्ने नारासहित नयाँ शैक्षिक सत्रको सुरुवातमै स्वास्थ्य परीक्षण कार्यक्रम समेत सम्पन्न गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij