काठमाडौँ : काभ्रेपलाञ्चोक स्थित रोशिखोलाको बहावमा ४ चार वटा माइक्रोबस फसेका छन्। साेमबार नदीको दुई वटा धारकोबिचमा माईक्रोबस फसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले बताए।
रोशि गाउँपालिका–९ स्थित लास्कोट र चार सय बेशीकोबिचमा माइक्रो बस र त्यसमा सवार यात्रु फसेर अलपत्र परेका हुन्।
यात्रुलाई उद्धारको प्रयास भइरहेको डीएसपी विष्टले बताए। डिएसपी विष्टसहितका सुरक्षाकर्मी अहिले रोशिखोलामा पुगेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij