काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्याइएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ।सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकको समाचार संकलनार्थ भेला भएका सञ्चारकर्मीलाई प्रधानमन्त्री बालेन्द्र शाहले भौतिक उपस्थितिमै भिडियो खिच्न रोक लगाएको समाचारबाट महासङ्घ गम्भीर भएको महासचिव रामप्रसाद दाहालले बताए ।
प्रधानमन्त्री सचिवालयको सूचना पाएर बाहिरबाट भिडियो खिचिरहेका पत्रकारलाई प्रधानमन्त्रीको ठाडो आदेशमा सुरक्षाकर्मीले भिडियो नखिच्न र सो स्थानबाट हट्न उर्दी लगाएको समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मीले जनाएका छन्।
प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने सरकार प्रमुखको आदेशमा पेसागत धर्म निर्वाह गरिरहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई गरिएको अशोभनीय व्यवहारप्रति महासङ्घले आपत्ति प्रकट गरेको छ ।
पत्रकारको संवैधानिक अधिकारमा आघात पुर्याउने कार्यप्रति महासङ्घले खेद प्रकट गरेको हो । साथै, पत्रकार तथा सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिता पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न महासङ्घले अपिल समेत गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij