सिरहा : सिरहामा सोमबार साँझ आएको ठूलो हावाहुरीका कारण घरको छतको रेलिङ भत्किएर खस्दा एक जना महिलाको ज्यान गएको छ।मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हावाहुरीका कारण घरको छतमा लगाइएको इँटाको रेलिङ भत्किएर खस्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
घरको बरन्डामा बसिरहेको अवस्थामा अचानक रेलिङ भत्किएर उनको टाउकोमाथि खसेको थियो ।
घाइते अवस्थामा उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाका डीएसपी एवं प्रवक्ता रमेशबहादुर पालले जान्कारी दिए ।
डीएसपी पालका अनुसार उपचारका लागि उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij