धादिङ : सोमबार दिउँसो आएको भीषण हावाहुरीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० का विभिन्न बस्तीका घरहरूमा क्षति पुगेको छ ।
स्थानीयवासीका अनुसार गोइराङ गाउँमा मात्र चार वटा घरमा क्षति पुगेको छ। हावाहुरीले ती घरका छाना उडाइदिएको बताइएको छ।त्यसैगरी माङराङ गाउँमा पनि केही घरमा क्षति पुगेको छ। यद्यपि त्यहाँको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको स्थानीयले जनाएका छन्।
हावाहुरीपछि प्रभावित क्षेत्रमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij