भरतपुर : गोरखापत्रकर्मी बसन्त पराजुली कविडाँडा कृति पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ ।कविडाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति ‘बखान’का लागि उक्त पुरस्कार प्रदान गर्न लागेको समाजका अध्यक्ष एल।बी। क्षेत्रीले जानकारी दिनुभयो ।
पुरस्कारको राशि १५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्ला रहेको छ ।‘बखान’ चितवनको बस्ती विकासको चरणसँगै प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीमा केन्द्रित भएर लेखिएको उपन्यास हो ।
यस्तै, कविडाँडा साहित्य समाजले यस वर्षको देवखिना स्मृति पुरस्कार चितवनका वरिष्ठ साहित्यकार पोषराज पौडेललाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि पनि १५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्ला रहेको छ ।
दुवै पुरस्कार जेठ ९ गते आयोजना गरिने विशेष कार्यक्रममा वितरण गरिने आयोजक संस्थाका सचिव लेखराम सापकोटाले जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij