काठमाडौँ : मौसम पुर्वानुमान महाशाखका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा रहिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।राती देशभर साधारणतया बादल लाग्नेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा, तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij