Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुकुुमबासी आन्दोलित,लागाए डोजर आतंक बन्द गरको नारा

सुकुुमबासी आन्दोलित,लागाए डोजर आतंक बन्द गरको नारा

बुटवल  :  बुटवलको मोतिपुर क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

हालै मोतिपुर क्षेत्र खाली गराउन मोतिपुर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पत्राचार गरेपछि र विभिन्न स्थानमा डोजर प्रयोग गरी संरचना हटाउन थालिएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् ।राजीगन्जस्थित चौरमा भेला भएका उनीहरूले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका थिए । त्यसक्रममा ‘जबरजस्ती हटाउने अभियान बन्द गर’, ‘सुकुमबासी हुनु रहर होइन, बाध्यता हो’ र ‘डोजर आतंक बन्द गर’जस्ता नारासहित विरोध जनाइएको थियो । 

राजीगन्ज बस्ती संरक्षण समितिका संयोजक छविलाल रास्कोटीले मेयर पाण्डेयलाई ज्ञापनपत्र बुझाउँदै उक्त क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका नागरिक, विद्यालय, खेलमैदान र हाटबजार जस्ता संरचना रहेको उल्लेख गर्दै औद्योगिक क्षेत्रको नाममा जबरजस्ती हटाउन नहुने माग गरेका छन् ।

स्थानीयका अनुसार २०७३ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएपछि करिब ३ हजारभन्दा बढी घरधुरी विस्थापित हुने अवस्थामा छन् । नजिकका अन्य बस्तीहरूमा पनि उस्तै समस्या रहेको उनीहरूको भनाइ छ । 

ज्ञापनपत्र बुझ्दै मेयर पाण्डेयले मोतिपुर औद्योगिक क्षेत्रका विषयमा पहिले नै स्थानीयसँग केही सहमति भएको उल्लेख गर्दै त्यसैका आधारमा स्थानीयलाई अप्ठ्यारो नपर्ने गरी समाधान खोज्ने प्रतिबद्धता जनाए। संघर्ष समिति संयोजक रास्कोटीले सरकारले ‘डोजर आतंक’ नरोकिए प्रदेश तथा संघीय तहसम्म ज्ञापनपत्र बुझाउने र थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट