Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पहिरोका कारण कान्ति लोकपथ र अरनिको राजमार्ग ठप्प

पहिरोका कारण कान्ति लोकपथ र अरनिको राजमार्ग ठप्प

काठमाडौं :  पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ। ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान पाँच बजेतिर खसेको पहिरोले काठमाडौं र हेटौंडा आउ–जाउ पूर्णरुपमा अवरुद्ध छ।यसैगरी सडक बिस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्ड पानी परेकाले चिप्लो भएकाले यातायात अवागमन प्रभावित भएको छ।

सो सडकखण्डमा ट्राफिक प्रहरीको निर्देशन पालना गर्दै संयमित भएर सवारी साधन चलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट