Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नदीकिनार अतिक्रमण हटाउने अभियान अन्तिम चरणमा, दुई दिनभित्र सकिने

नदीकिनार अतिक्रमण हटाउने अभियान अन्तिम चरणमा, दुई दिनभित्र सकिने

काठमाडौँ : उपत्यकाका विभिन्न नदी किनारका बस्ती खाली गराउने अभियान तीव्र बनाइएको छ।प्रशासनले हालसम्म ठूलो संख्यामा घरधुरी हटाइसकेको र दुई दिनभित्र अधिकांश काम सक्ने लक्ष्य राखिएको जनाएको छ। आज स्वयम्भू आसपासको क्षेत्र, विष्णुमती किनार, माछापोखरी, गोंगबु बसपार्कदेखि नयाँबजारसम्म, साथै पशुपति क्षेत्रभित्र तीलगंगा अस्पतालको उत्तरतर्फ पर्ने बागमती किनारका बस्ती खाली गराइएको छ।

यसैबीच अनामनगर–बानेश्वर क्षेत्रअन्तर्गत धोबीखोला करिडोरका बस्तीहरूमा पनि डोजर चलाइएको छ। आजका लागि यी ठाउँमा डोचर चलाउने काम रोकिएको र भोलिदेखि बाँकी रहेका घरटहरा पुनः खाली गराइने प्रशासनले जनाएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार हालसम्म करिब ८ सय घरधुरी खाली गराइसकिएको छ। भोलि कपनको साततले क्षेत्र, बूढानीलकण्ठका केही नदी किनार, सामाखुसी तथा महाराजगञ्जस्थित शिक्षण अस्पताल पछाडिका बस्तीहरू खाली गराइनेछ।

प्रजिअ पौडेलले भोलि बेलुकासम्म करिब ९५ प्रतिशत बस्ती खाली गराइसक्ने र आगामी दुई दिनभित्र सम्पूर्ण काम सम्पन्न गर्ने जानकारी दिए। हालसम्म ४ सय परिवारका करिब १६ सय व्यक्ति सरकारको सम्पर्कमा आएका छन्।

तीमध्ये केहीलाई सरकारले व्यवस्था गरेको अल्पकालीन होल्डिङ सेन्टरमा राखिएको छ भने अन्यलाई अभिलेख राखेर वैकल्पिक व्यवस्था भएका ठाउँमा पठाइएको प्रजिअ पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट