काठमाडौं : काठमाडौंमा रहेको संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपालले पनि राजीनामा दिएका छन् । धनेश्वर नेपालले शुक्रबार राजीनामा दिएका हुन् । उनी २०८१ पुस ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उपकुलपतिमा नियुक्त भएका थिए ।
सरकारलाई मार्ग प्रशस्त होस् भनेर राजीनामा दिएको उनको भनाइ छ । नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उपकुलपतिहरूले लगातार राजीनामा दिन थालेका हुन्।
यसअघि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले पनि राजीनामा दिएका थिए । १७ वैशाखमा उपकुलपति प्रा. डा.दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा.केदारप्रसाद रिजालले पद छाडेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij