Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बुद्ध सम्झँदै बालेनले भने- साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ

बुद्ध सम्झँदै बालेनले भने- साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्।
बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले बुद्धले देखाएको बाटो दुःख निवारणको बाटो भएको बताएका हुन्।

उनले बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै भनेका छन्, ‘बुद्धले भन्नुभयो- दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ।’

अँध्यारोलाई उज्यालोको अभावको संज्ञा दिँदै प्रधानमन्त्री शाहले उज्यालोको किरणले पाइला टेक्नासाथ अँध्यारो स्वतः बिलाएर जाने भन्दै ज्ञानको महत्त्वमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij