Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपाली शान्ति सैनिकको अदलीबदली

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ  : संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) मिसनमा तैनाथ शान्ति सैनिकको अदलीबदली भएको छ।

सो मिसनअन्तर्गत रिपुमर्दन गण सातौँ डफ्फा र सैनिक प्रहरी युनिट दशौँ डफ्फालाई बदली गर्न कालीबहादुर गण आठौँ डफ्फा र सैनिक प्रहरी गण एघारौँ डफ्फाका १९७ जना शान्ति सैनिकको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।


उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १९७ जना नेपाली शान्ति सैनिक यही वैशाख ११ गते स्वदेश फिर्ता भएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार १०७ जना शान्ति सैनिक कार्यरत छन्।
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट