Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

निजामती सेवा पूर्ण डिजिटल, कर्मचारी विवरण अनलाइनबाटै हेर्न र अद्यावधिक गर्न सकिने

निजामती सेवा पूर्ण डिजिटल, कर्मचारी विवरण अनलाइनबाटै हेर्न र अद्यावधिक गर्न सकिने

काठमाडौँ : निजामती कर्मचारीहरूले अब आफ्ना व्यक्तिगत विवरण अनलाइनमार्फत नै हेर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन्।

बुधबारदेखि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती)ले आफ्ना सबै सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको हो।

यससँगै अब सेवाग्राही तथा सम्बन्धित कर्मचारीहरूले निजामती सेवासम्बन्धी कामका लागि विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता अन्त्य भएको छ। सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक लगायतका सेवाहरू अब आफ्नै स्थानबाट अनलाइनमार्फत गर्न सकिने किताबखानाले जनाएको छ।

डिजिटल प्रणाली लागू भएसँगै सेवाप्रवाह छिटो, सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ। यसले सरकारी कार्यालयमा हुने भीडभाड घटाउने र सेवाग्राहीलाई समयको बचत हुने विश्वास पनि लिइएको छ।

यसैबीच, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज अनलाइन सेवा प्रणालीको अनुगमन गरेकी छन्। अनुगमनपछि उनले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी, सहज र गुनासोरहित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij