वलपुर : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–५ खाम्चास्थित भित्री सडकखण्डमा टिप्पर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
आज (२०८३ बैशाख १६ गते) दिउँसो करिब २ बजे सर्वोत्तम सिमेन्ट खानीबाट सर्वोत्तम सिमेन्ट कम्पनी, पश्चिम परासीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ८७२१ नम्बरको चुनढुंगा लोड गरिएको टिप्पर अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा टिप्पर चालक रुपन्देही तिलोत्तमा नगरपालिका निवासी ४७ वर्षीय बाबुराज भट्टराई रहेका छन् । उनको छातीमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ ।
त्यस्तै, पाल्पा माछागढी गाउँपालिका–७ मटेरीका करिब ३५ वर्षीय कुलबहादुर ढेगा गम्भीर घाइते भएका छन् । उनको दुवै खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ ।
यसैगरी, विनयी त्रिवेणी गाउँपालिका–५ चिडियाका २६ वर्षीय टोपबहादुर राना पनि गम्भीर घाइते भएका छन् । उनको टाउको र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनालाई उपचारका लागि भरतपुर, चितवन पठाइएको छ । घटनास्थलमा प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij