Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

उत्कृष्ट प्रहरी नै घुससहित पक्राउ

उत्कृष्ट प्रहरी नै घुससहित पक्राउ

पोखरा :   २०८१ सालको पुस महिनामा सम्पादन गरेका कामलाई मूल्याङ्कन गरेर कास्की प्रहरीले उत्कृष्ट प्रहरीका रूपमा वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई सम्मान गर्‍यो ।

कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा खटिएका उनले विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै उनी सम्मानित भएका हुन् ।
उनले आफ्नो पदीय दायित्वलाई इमानदार, बफादार, कर्तव्यनिष्ठ भएर उच्च व्यावसायिक सुझबुझका साथ काम गरेको र प्रहरीको छवि उच्च राखेको भन्दै सम्मान दिइएको हो । उनै प्रहरी हवलदार शनिबार साँझ घुससहित पक्राउ परे। लागू औषध सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै घुस डिल गरेका उनलाई शनिबार ५० हजार सेवाग्राहीले दिए । स्रोतका अनुसार, थापाले ३ लाख डिल गरेका थिए ।

सोही रकमसहित रंगेहात उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट