Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

धादिङमा ईभी माइक्रो दुर्घटना,१२ जना घाइते

धादिङमा ईभी माइक्रो दुर्घटना,१२ जना घाइते

धादिङ : काठमाडौँबाट पोखरा जाँदै गरेको ईभी (विद्युतीय) माइक्रो बस धादिङमा दुर्घटना भएको छ । दुर्घटनामा परेर १२ जना सामान्य घाइते भएका छन् ।

पाँच जना घाइतेलाई उपचारको लागी काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परेको बा.१३ च. २९४१ नम्बरको माइक्रोमा १२ जना यात्रु र दुई जना चालक दलका दुई जना सदस्य थिए ।

धादिङको गजुरी नगरपालिका–६ स्थित आदमघाटमा माइक्रो भित्तातर्फ ठोक्किएको छ । ब्रेक फेल भएपछि माइक्रोलाई भित्तातर्फ लगेर अड्याइएको चालकले ट्राफिक प्रहरीलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट