काठमाडौँ : मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना हटाउने क्रममा शनिबार साँझ तनाव उत्पन्न भएको छ। संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा भएको छ।
शनिबार बिहानदेखि नै नदी किनारमा बनेका अवैध संरचना हटाउने अभियान सञ्चालन गरिएको थियो। सोही क्रममा साँझ मनोहरा क्षेत्रमा पुगेको टोलीमाथि अचानक आक्रमण भएको प्रहरी स्रोतले जनाएको छ।
डोजरमाथि लक्षित गरी ढुंगामुढा प्रहार हुँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब एक दर्जन सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
स्थानीय बासिन्दाले भने आजको काम रोक्न र भोलि मात्र संरचना भत्काउन अनुरोध गरेका थिए। सो अनुरोधलाई स्वीकार गर्दै टोली फर्किने तयारीमा रहेका बेला केही युवाहरूको समूहले आक्रमण गरेको बताइएको छ।
घटनापछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रहरीले आजका लागि अभियान स्थगित गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij