कास्की: काठमाडौँका सुकुमबासी बस्तीहरूमा सरकारले डोजर चलाएर बस्ती खाली गर्न थालेपछि त्यसको पराकम्प कास्कीमा पनि देखिएको छ ।काठमाडौँको डोजर आतंकपछि पोखरा र आसपासका क्षेत्रमा बसोबास गर्ने भूमिहीन तथा सुकुमबासीहरूमा त्रास फैलिएको हो ।
राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेम गुरुङको संयोजकत्वमा ३५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । सुकुमबासीहरूको बृहत् भेलाले भूमि अधिकार सुनिश्चित गर्न र सम्भावित विस्थापन रोक्न समिति गठन गरेको हो । भेलाले सरकारी निकायसँग वार्ता र दबाब दुवै प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।
लालपुर्जाको माग, बसोबासको ग्यारेन्टी र भूमिसम्बन्धी बाझिएका कानुन संशोधनका कामलाई तीव्रता दिनुपर्ने माग गरेका छन् । कास्कीमा २५ हजार परिवारभन्दा धेरै सुकुमबासी र भूमिहीन रहेको आयोगको तथ्यांक छ । कास्कीका तीनै क्षेत्रमा सुकुमबासी बस्ती छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij