काठमाडौँ : नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसकै कारण गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै केही स्थानमा वर्षा र हिमपात भइरहेको छ।
तर, देशको दक्षिणी भेग भने प्रचण्ड गर्मीको चपेटामा परेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म मध्यम खालको तातो लहर अर्थात् ‘हिट वेभ’ चल्ने देखिएकाले मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाको विश्लेषण अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने अनुमान छ। यसबाट कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, सुर्खेत, दाङ, कपिलवस्तु र रुपन्देही लगायतका जिल्लाहरू बढी प्रभावित हुने देखिन्छ। यी क्षेत्रका बासिन्दाले तातो हावाका कारण थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने र चक्कर आउने जस्ता स्वास्थ्य समस्या भोग्नुपर्ने हुनसक्छ। कतिपय अवस्थामा बेहोस हुने र मांसपेशी दुख्ने समस्या समेत देखिने भएकाले स्वास्थ्यप्रति विशेष ध्यान दिन जरुरी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij