Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ललितपुरमा महिलाको सुनको सिक्री लुट्ने युवक पक्राउ

ललितपुरमा महिलाको सुनको सिक्री लुट्ने युवक पक्राउ

ललितपुर : ललितपुर महानगरपालिका–११ स्थित शंखमुल चिल्ड्रेन पार्क नजिकै भएको सुनको सिक्री लुटपाटको घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२० कुहेनी बस्ने ३२ वर्षीय रिक्की डंगोल रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको विशेष टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो। गत सोमबार पार्कमा हिँडिरहेकी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका डंगोलको खोजीका लागि प्रहरीले सुक्ष्म अनुसन्धान अगाडि बढाएको थियो। पक्राउ पर्ने क्रममा उनको साथबाट लुटिएको २.७ तोला तौलको सुनको सिक्री समेत बरामद भएको छ।

प्रहरीले लुटपाटमा प्रयोग गरिएको बा.९० प ६२७८ नम्बरको स्कुटर समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले योजनाबद्ध रूपमा स्कुटरको प्रयोग गरी महिलाको सिक्री लुटेर भागेको खुलेको छ। लुटपाटमा संलग्न डंगोललाई हिरासतमा राखी जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट