Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो- प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो- प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

काठमाडौं : संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ । बिहीबार दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो । मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार, सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार आएपछि बिहीबार दिउँसो बैठक बसेको थियो ।

‘बैठकमा सुरुमा त सरकारको निर्णय आधिकारिक हो या होइन भन्ने विषय उठ्यो,’ गुरुङले भने, ‘यदि हो रहेछ र बल प्रयोग गरेर उठाउने काम गरे हामी प्रतिरक्षाको लागि जे पनि गर्न तयार छौँ । जसरी पनि प्रतिरोध गर्छौँ । यसबारे हाम्रो बैठकमा छलफल भयो ।’

प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबार सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट