Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्टकाे निधन

खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्टकाे निधन


बाजुरा :  जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए ।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट