Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सम्पत्ति छानबिन आयोगले आजदेखि काम थाल्यो

सम्पत्ति छानबिन आयोगले आजदेखि काम थाल्यो

काठमाडौँ : नेपाल सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि काम थालेको छ।आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले आजै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट शपथ ग्रहण गरी कार्य प्रारम्भ गरेका हुन्। आयोगकको कार्यालय केशरमहलमा स्थापना गरिएको छ। 

सरकारले २०८३ वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यकाल एक वर्ष तोकिएको छ।

आयोगले २०६२ यता सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण सङ्कलन गरी सूक्ष्म जाँचबुझ गर्नेछ।

आयोगको गठन २०८२ चैत १३ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरु’ को बुँदा नम्बर ४३ अनुसार भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट