म्याग्दी : म्याग्दीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । बेनी नगरपालिका ३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर २० वर्षीय सुदिप किसानको मृत्यु भएको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ । मंगलबार राती वनमा पुगेका उनको लडेर मृत्यु भएको म्याग्दी प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीमा राखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij