Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता

सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता

धनगढी :  सेती नदीमा नुहाउने क्रममा डोटीमा एक युवक बगेर बेपत्ता भएका छन्।मंगलबार दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा मंगलबार दिउँसो करिब १ः५० बजे नुहाउने क्रममा एक युवक बेपत्ता भएका हुन्।बेपत्ता हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ घर भई हाल सोही स्थानमा रहेको क्रसर उद्योगमा कार्यरत अन्दाजी २१/२२ वर्षीय दीपक बोहरा रहेका छन्।

बेपत्ताको खोजीका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक डम्बर कठायतको कमाण्डमा ८ जनाको टोली र सशस्त्र प्रहरी बल ३६ नं. गण जोगीडाब्रे डोटीबाट सशस्त्र प्रहरी निरीक्षक सुजन पोखरेलको नेतृत्वमा १३ जनाको टोली परिचालन गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट