Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

खाडी युद्धले बन्द १२ देशमा फेरि खुल्यो श्रमस्वीकृति

खाडी युद्धले बन्द १२ देशमा फेरि खुल्यो श्रमस्वीकृति

काठमाडौँ : इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण बन्द १२ देशमा श्रम स्वीकृति खुला भएको छ । २०८२ फागुन १७ गते स्थगन भएका ती देशमा श्रमस्वीकृति सोमबार पुनः खुला गरिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की र इजरायलको श्रम स्वीकृति खुला गरेको हो।

इराकको हकमा भने २०८२ पुस ११ गते मन्त्रिपरिषदबाट भएको निर्णय बमोजिम हुने मन्त्रालयले जनाएको छ। श्रम मन्त्रालयले ती देशहरूमा व्यक्तिगत, संस्थागत र वैधानिकीकरणसहितका काम पूर्ववत् अवस्थामा हुनेगरी खुला गरेको हो।

परराष्ट्र मन्त्रालय अन्तर्गतको उच्चस्तरीय आपत्‌कालीन प्रतिकार्य कार्यदल (ईआरटी) ले खाडी तथा पश्चिम एसियाली देशमा श्रम स्वीकृति खुला गर्न सिफारिस गरेको थियो।

परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा बसेको ईआरटीको बैठकले खाडी तथा पश्चिम एसियास्थित सबै श्रम गन्तव्य मुलुकहरू वैदेशिक रोजगारीका लागि खुला गर्ने सिफारिस  गरेको हो । यसै आधारमा मन्त्रालयले श्रम स्वीकृति खुला गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट