हुम्ला : सामाजिक विकास कार्यालयले जिल्लाभर सञ्चालनमा रहेका योजनाहरूको स्थलगत रुपमा अनुगमन गरिरहेको छ।
योजनाको गुणस्तरीय निर्माण र लागत ईष्टिमेट अनुसार काम भए नभएको चेकजाँच गर्न अनुगमन भई रहेको गरिएको हो।
जिल्लाका सात वटै गाउँपालिकामा यस आर्थिक वर्षमा सञ्चालनमा रहेका योजनाहरुको अनुगमन गर्ने कार्य भई रहेको सो कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले बताए। उनको नेतृत्वमा लेखा शाखा र प्राविधिक शाखाको समेत सहभागिता रहेको छ।
पहिलो कार्य अन्तिम भुक्तानीका लागि सिफारिस हुने योजनाको प्रत्यक्ष कार्यलय प्रमुख र लेखा प्रमुखले पनि हेर्ने र त्यही अनुसार अन्तिम भुक्तानी कार्य अगाडि बढाउन यो कार्य गरिएको उनले बताए।
अर्को कुरा काम भई रहेका योजनाको अवस्थाका बारेमा पनि जानकारी लिने र सुधार गर्नु पर्ने भए सुधार गर्न लगाउने कार्य पनि भई रहेको उनले बताए। त्यो संगै कामै सुरु नभएका योजनाको हकमा पनि काम तत्काल सुरु गर्नसमेत ताकेता गर्ने गरिएको छ।
यसअघि प्राविधिकहरुबाट मात्र अनुमगन तथा मुल्याकंन हुने गरेकोमा यसवर्षबाट भने कार्यालय प्रमुख र लेखा शाखाबाट पनि सँगै अनुगमन कार्य गरिएको छ।
अनुगमन कार्य ताँजाकोट गाउँपालिकाबाट सुरु गरिएको छ। सो गाउँपालिकामा सञ्चालनमा रहेका दश वटा मध्य ६ वटा योजनाको काम सम्पन्न भएकाले भुक्तानी कार्य अगाडि बढाइनेछ भने एउटा योजनाका काम लागत ईष्टिमेट अनुसार नभएको कारण पून ईीष्टमेट अनुसार गर्न लगाईएको छ।
त्यसैगरी अदानचुली, चंखेली, सर्केगार्ड, खार्पुनाथ गाउँपालिकाका योजनाहरूको पनि यसरी नै अनुगमन गरिनेछ। यस आवमा उक्त गाउँपालिकाले ४८ वटा उभोक्ता समितिबाट र १९ वटा निर्माण कम्पनीबाट काम भइरहेको छ।
त्यसैगरी बिपतका लागि सात वटा योजनासमेत निर्माण भइरहेको छ। अनुगमन कार्य जिल्ला समन्वय समितिका सदस्य दिपा भण्डारी, लेखा अधिकृत लोकराज न्यौपाने र सवइन्जिनियर धर्मराज बोहराको सहभागिता रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij