Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो

दाङ : सल्यानमा जन्ती बोकेको जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ।दुर्घटनामा १४ जना घाइते भएका छन्। तीमध्ये १० जनाको बाँकेको नेपालगन्जमा उपचार भइरहेको छ भने ४ जना उपचारपश्चात डिस्चार्ज भएका छन्।

दुर्घटनाका घाइते मध्य बनगाड कुपिन्डे नगरपालिका – ८ थाराका ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती , २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएको हो।

सल्यानका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मनबहादुरको उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा राति पौने ११ बजेतिर मृत्यु भएको थियो।सल्यान जिल्ला अस्पताल खलंगा पुर्‍याउँदा अरु तीन जनालाई चिकित्सकले राति १० बजेतिर मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी प्रवक्ता भट्टराइका अनुसार घाइते मध्य दुई जनाको अवस्था गम्भीर छ।

उनीहरुको बाँकेको नेपालगञ्जस्थित न्यूरो अस्पतालमा उपचार जारी छ। त्यस्तै थप ८ जनाको पनि बाँकेको नेपालगंजस्थित सञ्जिवनी हस्पिटलमा उपचार भइ रहेको छ। चार जना भने उपचार पछि डिस्चार्ज भइ सकेको उनले बताए।

शनिबार बेलुकी साढे ५ बजेतिर बनगाड कुपिण्डे नगरपालिकाको – ८ थारादेखि कालिमाटी गाउँपालिका – १ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ज ०२७१ नम्बरको जिप बनगाड कुपिन्डे नगरपालिका – १२ पुथलामा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो।

भौगोलिक विकटताका घाइतेहरुको उद्धार गर्न झन्डै ४ घन्टा जति समय लागेको थियो।जिप सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

बनगाड कुपिन्डे – ८ का वडाअध्यक्ष कुलबहादुर पुरीका अनुसार स्थानीय थारा गाउँका मनबिर थापाले करिब ९ र १० वर्षअघि बिहे गरेका थिए। शनिबार दुलहीका मावली पक्षले ढोक भेटका लागि बोलाएका थिए। त्यसैले मनविर माइती पक्ष ढोग खुलाउन आफन्त र गाउँलेसहित जाँदै थिए।

उनीहरुले तीन वटा गाडी बुक गरेका थिए। आफू सवार डबल क्यापमा मनबीरले पछाडि एउटा राँगो बोकेका थिए। त्यस क्षेत्रमा अझै पनि माइती वा माउली मान्न जाँदा आफ्नो जातिय परम्परा अनुसार खसी , बोका, राँगा लगायत उपहारका रुपमा लैजाने परम्परा छ।

दुलाही दुलही सवारसहित अर्कौ एउटा गाडी केही अगाडि थियो भने त्यस भन्दा पछाडिको १८ जना सवार ९जन्ती बोकेको० एउटा गाडी दुर्घटनामा परेको वडाध्यक्ष पुरीले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट