Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

वीरगंजका विभिन्न ठाउँमा झिसमिसेमै १० वटा डोजर चलेपछि....

वीरगंजका विभिन्न ठाउँमा झिसमिसेमै १० वटा डोजर चलेपछि....

 हेटौँडा : डिभिजन सडक कार्यालय हेटौँडाले बिहानै देखि वीरगंज क्षेत्रको अतिक्रिमित घरटहरा भत्काउन सुरु गरेको छ । अदालतको फैसलापछि पनि सडक अतिक्रमित घरटहरा भत्काउन रोकिएको अवस्थामा सडक डिभिजनले वीरगंज महानगर, सशस्त्र, प्रहरीको मदतमा घर टहरा भत्काउन सुरु गरेको हो ।

वीरगंजका पाँच ठाउँमा बिहान ४ः३० बजेबाट भत्काउन सुरु गरेको हो । त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डलाई सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ मिटर कायम गर्ने गरी सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाएको हो ।

विगत १३ वर्षदेखि विभिन्न कानुनी झमेलाका कारण यो आयोजना अलपत्र परेको थियो। २०६९ सालमै विस्तारको योजना अघि सारिए पनि स्थानीय घरधनीहरूको विरोध र अदालतमा दायर मुद्दाहरूका कारण काम अघि बढ्न सकेको थिएन। सडक विस्तार गर्दा आफ्ना संरचना भत्किने भन्दै करिब १ हजार २ सय घरधनीहरूले २०७६ सालमा मुआब्जा र वैकल्पिक मार्गको माग गर्दै रिट दायर गरेका थिए।

वीरगंज मेनरोड विस्तारविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले २०८१ फागुन २८ गते सरकारको पक्षमा फैसला सुनाएपछि लामो समयदेखि रोकिएको परियोजना अघि बढ्ने बाटो खुलेको हो । न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्माको संयुक्त इजलासले विपक्षीहरूको रिट खारेज गर्दै सडक विस्तारका लागि कानुनी अड्चन हटाएको थियो ।

यसअघि करिब १,२०० घरधनीले २०७६ कार्तिक ७ गते सडक विभागको निर्णयविरुद्ध रिट दायर गरेका थिए । उनीहरूले मुआब्जाको माग, वैकल्पिक सडकको उपलब्धता तथा त्रिभुवन राजपथको एलाइन्मेन्ट परिवर्तनको विषय उठाएका थिए। तर सर्वोच्चको अन्तिम निर्णयसँगै १३ वर्षदेखिको विवाद टुंगिएपछि वीरगंजको गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोक गरी ५ ठाउँबाट एकै साथ १० वटा डोजर लगाई सडक फराकिलो गर्ने काम सुरु गरिएको हो । घर टहरा भत्काउन २ हजार २ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट