मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। आर्थिक पक्ष मजबुत हुनुका साथै पारिवारिकजनहरूको आवश्यकता पूरा गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। शत्रुहरू कमजोर हुनेछन्। चुनौती पन्छ्याउँदै अगाडि बढ्न सकिनेछ। सहयोगीहरूबाट काम लिनुपर्ने समय रहेको छ। शुभ र मांगलिक कार्यमा सहभागी भइएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछ। शैक्षिक क्षेत्र प्रभावशाली रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। अतिथिको रूपमा सम्मान प्राप्त हुन सक्छ। परिजनको साथले थप उत्साह जगाउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पहिलाको समस्या दोहोरिन सक्छ सावधान भएर अगाडि बढ्नुहोस्। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलता वा प्रयत्नले लक्ष्यतर्फ पुग्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। महत्वाकांक्षी योजनालाई अगाडि बढाउन सकिनेछ। भाइबहिनीको माध्यमबाट केहि काम बनाउन सकिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आय आर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। वैदेशिक व्यापारमा लाभ रहनेछ। भौतिक साधन जुटाउनाले प्रशन्नता मिल्नेछ। नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमान काम गर्ने समय रहेको छ। व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ। सामाजिक दायित्व बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै बाध्यताले अप्ठ्यारो परिस्थितिमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरुबाट भनेजस्तो साथ नमिल्ला। अरुको काममा महत्त्वपूर्ण समय बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगानी गर्न केही समय प्रतिक्षा गर्नुहोस्। बाध्यताले अप्ठ्यारो पार्न सक्छ सावधान रहनुहोला। नयाँ नोकरीको प्रस्ताव मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा ध्यान केन्द्रित नहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय रहेको छ। बल र बुद्धिको उपयोग साथै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ज्ञान र आध्यात्मिक क्षेत्रमा वृद्धि हुनेछ। व्यापार विस्तार वा लगानी बढाउनको लागि सञ्चित रकम खर्च गर्नुपर्ला। कानुनी पक्ष मजबुत हुनेछ। रोकिएका काम बन्ने वा नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij