गोरखा : गोरखाका स्थानीय तहहरुले नेपाल सरकार,शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन तथा भर्ना सम्बन्धी हालै सार्वजनिक गरिएको व्यवस्थाप्रति ध्यानाकर्षण भएको जनाइएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षतामा भएको बैठकमा जिल्लाका स्थानीय तहका अध्यक्षहरुले शैक्षिक सत्र २०८३ का लागि सङ्घीय सरकारले निर्देशन गरेको भर्ना र कक्षा सञ्चालनका लागि निर्धारण गरेको मिति बारे ध्यानाकर्षण गराएका हुन् ।
बैठकले सङ्घी सरकारको निर्देश्न विपरित बैशाख ७ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका छन् । अभिभावकहरुको माग बमोजिम स्थानीय तहको पूर्व निर्धारित क्यालेण्डर अनुसार नै पठनपाठन सुरु गर्ने निर्णय गरिएको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार)ले बताउनुभयो । सबै स्थानीय तहका प्रमुखहरुको छलफलले विद्यमान ऐन, नियमावली तथा शैक्षिक क्यालेन्डरअनुसार नै शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत २६ गते देशभरका सबै स्थानीय तहलाई पत्र पठाउँदै शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ र पठनपाठन २१ गतेबाट मात्र सुरु गर्नलगायत निर्देशन दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij