Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

टोखाबाट बृद्धा हराइन्

टोखाबाट बृद्धा हराइन्

काठमाडौँ : दार्चुलाकी बृद्धा बिखमा टमाटा वैशाख १ गतेदेखि काठमाडौँबाट हराइरहेको भन्दै प्रहरीमा उजुरी परेको छ।महाराजगञ्ज प्रहरीका अनुसार दार्चुला, अपी हिमाल गाउँपालिका ५, लुम्थीकी स्थायी बासिन्दा टमाटा काठमाडौँको टोखाबाट वैशाख १ गतेदेखि हराएको भन्दै प्रहरीमा उजुरी परेको हो।

ती बृद्धका छोरा केशव टमाटाका अनुसार काठमाडौंको टोखाबाट बैशाख १ गते करिब ११ बजेदेखि उनी बेपत्ता भएकी हुन्।

कुुनै पनि किसिमको जानकारी भएमा परिवारले प्रहरी वा परिवारजनलाई ९७६१२८४८५३ नम्बरमा सम्पर्क गरिदिन पनि उनले सबैसँग आग्रह गरेका छन्।प्रहरीले टमाटाको खोजबिन जारी रहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट