तनहुँ : पहिलोपटक घरमै पुगेर सेवाग्राहीलाई राहदानी उपलब्ध गराइएको छ । सङ्घीय सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्न जिल्लामा पहिलोपटक राहदानी सेवा घरमै वितरण गरिएको हो।
तनहुँको व्यास नगरपालिका–५ बरबोटे निवासी समीक्षा ओझालाई प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आज घरमै पुगेर राहदानी उपलब्ध गराएका छन् । सरकारले जारी गर्ने प्रमाणपत्रहरू घरमै पुगेर उपलब्ध गराउने निर्णय बमोजिम जिल्लामा राहदानीबाट सेवा सुरु गरिएको उनले बताए।
जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरिष उपाध्यायले सरकारको १०० बुँदे कार्यसूचीको २७ नम्बर बुँदामा हुलाक कार्यालयलाई प्रभावकारी बनाउने भन्ने उल्लेख भएकामा सोही कार्यान्वयन गर्ने सन्दर्भमा तनहुँमा पहिलोपटक राहदानी घरमै पुर्याउने सेवा सुरु गरिएको जानकारी दिए। उनले पहिलो दिन आज सो वडाका चार जनालाई राहदानी घरमै लगेर प्रदान गरिएको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij