Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

यसवर्ष समाजमा व्याप्त विसङ्गति र बेथिति अन्त्य गर्ने अवसर : सभापति लामिछाने

यसवर्ष समाजमा व्याप्त विसङ्गति र बेथिति अन्त्य गर्ने अवसर : सभापति लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन्।

संसदीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संसदको प्रमुख जिम्मेवारी आवश्यक कानून निर्माण र परिमार्जन गर्नु रहेको बताए। उनले विवेकपूर्ण ढङ्गले सदन अगाडि बढ्ने विश्वास व्यक्त गरे।

उनले सभामुखको भूमिका पनि सकारात्मक रहने अपेक्षा राखे। यस वर्ष समाजमा व्याप्त विसङ्गति र बेथितिहरूलाई अन्त्य गर्ने अवसर भएको उनले बताए।प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक भएको भन्ने चर्चाका सन्दर्भमा लामिछानेले सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पारे।

उनले छानबिन आयोग बनिसकेको र त्यसको कार्यक्षेत्र (टिओआर)भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट