Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव भेटियो

कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव भेटियो

पाल्पा : नयाँ वर्ष मनाउन जादा बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जनाकै शव फेला परेको छ । चन्द्र माध्यमिक विद्यालयका शिक्षक बगनासकाली-९ झिरभञ्ज्याङका २९ वर्षीय तोयानाथ बस्याल (मदन)को बुधबार बिहान र बगनासकाली-९ भुसालगाउँका ३९ वर्षीय शरण भुसालको बिहीबार बिहान दैलातुङ नजिकै कालीगण्डकी नदी किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

नयाँ वर्षको अवसरमा साथीभाइसँग नदीमा गएका उनीहरू पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । घटनापछि स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो । निरन्तरको खोजीपछि दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट